पू”जी बजारको विकासका लागि नेप्से रियल टाईम सेटलमेन्टमा जानुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले पूजी बजारको विकासका लागि नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्ने बताउनुभएको छ । नेपाल स्टक एक्सचेन्जको २७ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंक जस्तै नेपाल स्टक एक्सचेन्ज पनि रियल टाइम सेटलमेन्ट (आरटीजीएस)मा जानुपर्ने बताउनुभएको हो । उहाँले नेप्से आरटीजीएसमा गए लगानीकर्ताले एक लाख रुपैयाँले पनि ठुलो कारोबार गर्न सक्ने र बजारमा पैसाको सर्कुलर बढ्न सक्ने भएकाले बजारको विकास पनि हुने र बजारलाई गप गतिसिल बनाउने बताउनुभएको हो । उहाले कहिले बैंकको ब्ययाजदर घटला, कहिले तरलता बढ्ला र शेयर बजार बढ्ला भनेर बालुवाटार तिर फर्केर हेर्ने प्रवृतिको अन्त्य हुने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले ब्रोकरको संख्या बढाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका विषयमाथि थप छलफल गर्न सकिने पनि बताउनुभयो । उहाँले लाभांशमा दोहोरो करका विषयमा देखिएका समस्या आगामी बजेटमार्फत समाधान गर्ने समेत बताउनुभयो । उहाँले सिडिएसकिो दायरा बढाउने, धितोपत्रको कारोबारले मात्र बजार गतिसिल नहुने भएकाले ऋणपत्रहरुको विकास गरिने लगायतका बजार सुधारका काम गर्न बाँकिरहेको समेत बताउनुभयो । त्यस्तै अर्थमन्त्री खतिवडाले नियामक निकाय र त्यस अन्तर्गतका संस्थाहरुबीच कहिले काहिं आउने विवाद स्वभाविक भएको बताउँदै त्यसमा सरकारले दिने निर्देशन सबैपक्षले मान्य बाध्य हुने बताउनुभयो । उहाँले धितोपत्र बजारको विकासका लागि कानुनमा समस्या भए, निर्देशनहरुमा समस्या भए छलफल गर्न सकिने बताउँदै जारि भएका निर्देशनहरु पालनामा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

Comment here