राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले नेपालमा रेमिट्यान्सको असर अर्थतन्त्रमा भन्दा पनि सामाजिक परिवर्तनमा बढी रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘आर्थिक रुपान्तरणका लागि रेमिट्यान्स लाभमा नीतिगत संवाद’ सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष कडेलले नेपालको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत हिस्सा भएको रेमिट्यान्सको असर अर्थतन्त्रमा भन्दा बढी सामाजिक क्षेत्रमा रहेको बताउनुभएको हो । उहाँले रेमिट्यान्सको कारण उपभोग बढेको तर उत्पादनमुलक क्षेत्रमा आउन नसकेकोले यसलाई नीतिगत रुपमा बढाउने योजना लिन नसकिने बताउनुभयो । उहाँले रेमिट्यान्सलाई रोक्न पनि नसकिने र बढाउने नीति अवलम्बन गर्दा देशको आर्थिक विकास नहुने अप्ठ्यारो अवस्थामा रेमिट्यान्सले पु¥याएको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले रेमिट्यान्सका कारण उपभोग बढ्न गई आयात बढ्न गएको देखिएको बताउनुभयो । उहाँले वित्तीय क्षेत्रमा पनि रेमिट्यान्स स्रोत परिचालनको मुख्य आधार देखिएको बताउनुभयो । उहाँले रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लैजान नसक्ने हो भने अर्थतन्त्रको दिर्घकालिन सुधारका लागि अर्को स्रोतको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले नेपालमा उद्यमशिलता विकासको लागि विभिन्न प्रचलित मोडल प्रयोगमा आइराखेको र एक सय डलर भन्दा कम लगानीमार्फत उद्यमशिलता विकास गरी गरिवी निवारण गर्ने क्रममा रेमिट्यान्सलाई पनि प्रयोग गर्न सकिने बताउनुभयो । कार्यक्रममा रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र यसलाई उत्पादन क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विज्ञहरुले पछिल्लो समय रेमिट्यान्सले उपभोग बढाएकाले आयात बढेको र यसले देशको अर्थतन्त्रलाई नकारात्मक असर पारिरहेको छ या छैन भन्ने विषयमा अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।



Latest posts by Business TV Nepal (see all)
- बिहिबार सुनको मूल्यमा गिरावट, तोलाको ५०० रुपौले घट्यो - February 25, 2021
- सरकारी कर्मचारीको सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट - February 25, 2021
- प्रधानमन्त्री ओलीले गरे निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण - February 12, 2021
Comment here