डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको प्रधानमन्त्रीको गुनासो

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गर्नुभएको छ । बुधबार काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकार विरुद्ध प्रचार युद्ध मात्रै नभई आक्रमण नै डरलाग्दो गरि छेडिएको गुनासो गर्नुभयो । उहाँले सरकार विरुद्धको आक्रमणको वादविवाद नगरि काम गरेर जवाफ दिने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वका कुनै पनि सुचकांकमा नेपाल नेगेटिभ नभएको दाबी गर्नुभयो । विश्व बैकको व्यवसाय सम्बन्धी सुचकांकले नेपालको व्यवसायीक वातावरण गत बर्ष १० औ स्थानमा रहेको मा यस बर्ष ९४ औ स्थानमा रहेर १६ औ अक माथि उक्लिएको उहाँले बताउनुभयो ।
मानव विकास सुचकाकमा नेपाल २ स्थान अघि बढेको, विश्व भोकमरीको सुचकांकमा अहिले नेपालको स्थिति सुदृएको र ७३ औं स्थानमा पुगेको ,शान्ति सुरक्षाको स्थित ग्लोबल पिस इन्डेक्समा नेपालले १२ अंकले सुधार गरी १ सय ६२ देश मध्ये नेपाल ७६ औ स्थानमा पुगेको , विधिको शासनमा नेपाल २ स्थान माथि उक्लिएको, भ्रष्टाचारमा ११ औ स्थान माथि उक्लिएको तथ्यांकको फेयरिस्त नै राख्नुभयो ।
त्यसैगरी उहाँले निर्यात २७ प्रतिशतले बढेको , आयातमा कमि आएको, भुक्तानी सन्तुलन बचतमा रहेको , उत्पादन र उत्पादकत्व बढेको तथा, धान, गहुँ र मकैको उत्पादान बढेको तथ्यांक नै प्रस्तुत गर्नुभयो । सडक निर्माण, पुल निर्माण लगायत भौतिक पुर्वाधारमा भएका काम, पानी जहाज कार्यालयको स्थापना, चितवनको नारायणी नदीमा क्रुज संञ्चालन भएको लगायतका विवरण पनि उहाँले प्रस्तुत गर्नुभयो । उहाँले उज्यालो अभियान अन्र्तगत कुल जनसंख्याको ८८ प्रतिशत जनसंख्यामा विद्यूत सेवा पुगेको उल्लेख गर्दै जलविद्युत् आयोजनाहरुको पछिल्लो अवस्था बारे पनि जानकारी गराउनुभयो । सिंचाईसेवा, तटबन्ध निर्माण तथा डायर्भसन, ५ वटा आन्तरिक विमानस्थलको धावनमार्ग निर्माण, जनता आवास कार्यक्रम अन्र्तगत भएका कामकारवाही लगायतको पनि विवरण दिनुभयो ।
प्राविधिक शिक्षा, न्यायो सेटलाईट, स्वास्थ्य विमा कार्यक्रमको विस्तार, लगायतको फेयरिस्त पनि उहाँले प्रस्तुत गर्नुभयो । उहाँले सरकारका कामकारवाहीका सम्बन्धमा केही भ्रम र केही अन्यौलका कुराहरु आउने गरेको भएपनि सरकार त्यसलाई चिर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ति नगरेको दाबी गुर्नभयो । वर्तमान सरकारले कुनै भ्रष्टाचार नगरेको र नगर्ने भन्दै उहाँले यति होल्डिङ्सलाई लिजमा दिने काममा पनि सरकारले कुनै गल्ति नगरेको दोहोर्याउनुभयो । ‘नारायणहिटीको अगाडिको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिनुहुन्थ्यो कि हुदैनथ्यो भन्ने बहसको विषय हुन सक्ला ’तर सरकारले दिने नीति लिईसकेकाले ती जग्गा लिजमा दिने काम भएको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “लेख्नुपर्ने मान्छेले १ अर्ब लेख्नुपर्नेमा बाई मिस्टेक ६ अर्ब लेखेको रहेछ । मुल्य पनि नपर्ने ठाउँमा लिजमा, भुलचुकले लेखिएको विषयलाई लिएर कुरा भएको रहेछ ।”

Spread the love