नेपाल पर्वतारोहण संघले एकैपटक विभिन्न चार कार्यक्रम गर्ने

नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रम गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष २०२० को प्रचार प्रसार र नेपालका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिएको छ । संघका अध्यक्ष सन्तवीर लामाले आगामी फेब्रुअरी १ देखि १० गते मनाङमा दोस्रो आइस क्लाम्बिङ फेस्टिभल २०२०’ आयोजना गरिने बताउनुभयो । त्यस्तै फेब्रुअरी १ र २ मा पासाङ ल्हामु स्पोर्टस क्लाम्बिङ सेन्टरमा सातौं पार्क योङ्ग सिओक वाल क्लाम्बिङ कम्पिटिसन’, फुब्रुअरी ३ देखि ५ सम्म पोखरामा तेस्रो विश्व शान्ती पुजा’ र फेब्रुअरी ५ मा सत्रौं अन्तर्राष्ट्रिय पर्वतिय संग्राहलयको वार्षिकोत्सव’ आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले नेपाली हिमालमा हुने प्राकृतिक प्रकोपलाई बिर्सेर आनन्द लिन र भ्रमण वर्षको प्रचार प्रसारका लागि कार्यक्रमहरुले सघाउ पु¥याउने बताउनुभयो ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्षको लक्ष्य पुरा गर्न सचिवालयले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्न तयार रहको बताउनुभयो । उहाँले सचिवालयले एक्लै लक्ष्य पुरा गर्न नसकने बताउँदै संघले ल्याएका कार्यक्रमहरुलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सबै कार्यक्रममा विभिन्न देशका पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ । त्यस्तै अध्यक्ष लामाले सबै कार्यक्रमले नेपालको पर्यटन क्षेत्र र नेपाल पर्वतारोहण संघको गतिविधिको प्रचार प्रसारमा सहयोग पु¥याउने समेत बताउनुभयो ।

Spread the love