राष्ट्रपतिद्धारा भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।  शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दीर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले शनिबार बिहान रानिपोखरीबाट अवलोकन सुरु गरी बालगोपालेश्वर मन्दीर, धरहरा, सुन्धारा क्षेत्र, काण्ठमण्डप र हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । पूनर्निर्माणले गति लिएको समयमा राष्ट्रपतिको भ्रमणले अत्यन्तै महत्व राख्ने राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाललीले बताउनुभयो । भूकम्पपछिको पूर्ननिर्माणको कामले द्रुत रुपमा गति लिएको उहाँले बताउनुभयो । सम्पदाहरुको पूर्ननिमार्णको काम तोकिएको अवधिभित्र सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुहुँदै उहाँले महानगरपालिका, स्थानीय समुदाय र पुरातत्वविभाग सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

आगामी वैशाखसम्म काम सपन्न गर्ने लक्ष्यका साथ रानीपोखरी पूर्ननिर्माण भइरहेको छ । पहिलो चरणमा रानीपोखरी पूर्ननिर्माण समितिले पोखरीको पिँध र पोखरी वरिपरिको पर्खाल निर्माण गरिरहेको छ । गत वर्षको चैत ११ गतेबाट सुरु भएको कामको सम्पूर्ण लागत ९ करोड ५४ लाख ३७ हजार ५ सय ४७ रुपैयाँ रहेको छ । त्यसैगरी बालगोपालेश्वर मन्दीर, पुल तथा सौन्दर्यकरणका अन्य कामहरुका लागि सी.एम ÷ तुलसी जेभीले जिम्मा पाएको छ । २०७६ असार २४ गतेबाट काम सुरु भएको थियो । कुल लागत १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ रहेको छ । देस्रो चरणमा जमल र शान्तिबाटिकामा सौन्दर्यीकरणका कामहरु गरिनेछ । रानीपोखरी पूर्ननिर्माणका क्रममा कुन शैलीमा निर्माण गर्ने भन्ने विवाद उत्पन्न हुँदा निर्माणमा केही केही ढिलाई भएको थियो । पछि ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति भएपछि काम सुरु भएको थियो । राष्ट्रपतिले शनिबार नै दरबार हाइस्कुलको पनि अलोकन गर्नुभएको छ । दरबार हाइस्कुलमा चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो । चीन सरकारको सहयोगमा पूर्ननिर्माण भइरहेको हाइस्कुलको निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पपछि क्षति पुगेको हाइस्कुलको रेट्रोफिटिङ गर्ने योजना रहेपनि सम्भव नभएपछि पूर्ननिर्माण नै थालिएको थियो । ८५ करोड ५९ लाख लागतमा निर्माण सुरु गरिएको थियो । जम्मा ६० वटा कक्षाकोठा रहेको भवनमा ३० कक्षाकोठामा विद्यार्थी राखिने छ । बाँकी ३० वटा कक्षाकोठामा पुस्तकालय, विज्ञान प्रयोगशाला, आइटी ल्याब राखिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यालय पूर्णतः आइटीमा आवद्ध गरिएको बताउनुभयो । जम्मा ४० वटा सिसी क्यामेरा जडान गरिएको छ । भानु माध्यामिक विद्यालय र कक्षा ६ देखि १२ सम्म संस्कृत तर्फको अध्ययन हाइस्कुलबाट हुँदै आएको छ । १ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बैसाख १२ गते भित्र नै उद्घाटन गर्ने तयारी रहेको सचिव दाहालले बताउनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली महानगरका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी, दरबार हाइस्कुलसँगै धरहराको पनि राष्ट्रपतिलाई अवलोकन गराईएको छ । वैसाख १२ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरहरा निर्माणको काम द्रुत गतिमा अगाडी बढिरहेको छ । हरेक एक हप्तामा एक तला थप्ने योजनाका साथ काम भइरहेको छ । धरहरा सातौ तला निर्माण भइरहेको छ । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएपनि भित्रबाट २२ तलाको हुने छ । काष्ठमण्डप पूर्ननिर्माणको काम पनि द्रुत गतिमा अगाडी बढेको छ । काष्ठमण्डप पूर्ननिर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । २०७५ वैशाख १८ गते उपभोक्ता समिति गठन गरी निर्माणको काम सुरु गरिएको थियो । कुल ९९ करोड ८८ लाख रुपैयाँ लागत अनुमान गरिएको काष्डमण्डप पूर्ननिर्माणका लागि १७ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाले पूर्ननिर्माणका लागि १० करोड बढी सहयोग गरिसकेको छ

Spread the love