एन आई सी एशिया बैंकको भ्यालेन्टाइनडेमा डिनर अफर

एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप ःयद्यबलप मार्फत कारोबार गर्ने ग्राहकहरुलाई सोल्टी होटलमा निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरीसम्म एन आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप “ःयद्यबलप” कारोबार गर्ने २० भाग्यमानी ग्राहकहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् । बैंकको मोबाईल बैंकिङ्ग एप ःयद्यबलप मार्फत कुनै पनि भुक्तानी जस्तै त्तच् उबथmभलत, बिजुली बिल भुत्तानी, mयदष्भि तयउ(गउ लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकहरुले भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहकहरुलाई फोनमार्फत जानकारी दिनेछ ।

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ । बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ । साथै बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अबकज दबअप अफर नियमित रुपमा दिइरहेको छ ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ५१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Spread the love