नेपाल भ्रमण वर्षको अवशर पारेर तीनदिने खोकना पर्यटन महोत्वस आयोजना हुने

नेपाल भ्रमण वर्षको अवशर पारेर तीनदिने खोकना पर्यटन महोत्वस आयोजना हुने भएको छ । ललितपुर महानगरपालिका र वडा नम्बर २१ को आर्थिक सहयोगमा फागुन ९ गतेदेखि ११ गतेसम्म महोत्वसव आयोजना हुने भएको हो । महोत्सवमा खोकनाको प्राचिन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना खाजाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहनेछन् । त्यसैगरी स्थानीय जीवनशैली, रहनसहन र भेषभुषाका अतिरिक्त स्थानीय शीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने महोत्सव मूल आयोजक समिति संयोजक रविन्द्र महर्जनले बताउनुभयो । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न भ्रमण वर्षको अवशर गरेर महोत्व आयोजना गरिएको संयोजक महर्जनले बताउनुभयो ।

उपत्यकाको शहरबाट नजिकै रहेको खोकना गाउँलाई महत्वपूर्ण ग्रामिण पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासका साथै नेपालको पर्यटन प्रवद्र्धनका लािग महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ ।

Spread the love