प्रधानमन्त्रीलाई सांसदका प्रश्नहरु

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो दुई वर्षे कार्यकाल पुरा गरेको छ । सरकारले आफ्नो दुई वर्षे कार्याकालमा गरेका कामहरुको प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधिसभामा फेहरिस्त सुनाउनुभएको छ । प्रधानमन्त्रीले सरकारले गरेका कामहरुको चर्चा गरेसगै सांसदहरुले उहालाई विभिन्न प्रश्न गरेका छन् । एमसीसीको विषयमा सरकारको आधिकारिक धारणा माग गर्नेदेखि, नेपाल ट्रष्टको जग्गा यति समूहलाई भाडामा दिएको विषय र सीमा समस्या देखि मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता किन भएन लगायतका प्रश्न सांसदहरले गरेका छन् ।

सांसदहरुले प्रधानमन्त्री ओलीर्लाइ सोधेका प्रश्नहरु यसप्रकार छन् ।
सांसद दिलेन्द्र प्रसाद बडु
सीमा विदाका बारेमा एक लाइन खर्चिनुभएको छ । कालापानी र सुस्ता प्रधानमन्त्री स्तरमा कहिले वार्ता हुन्छ ?
कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा कहिले सार्वजनिक हुन्छ ?

सांसद सरिता गिरी
उखु किसानहरुको भूक्तानी कहिले हुन्छ ?

सांसद प्रेम सुवाल
शहीदका आमाहरुले भन्दैछन्, नेताहरु ठेकेदार डोजर टिपर मालिक भएर पैसा कमाउँदैछन् ।
तीन करोडा २ करोड आफ्नै खल्तिमा राख्छन् ।
राज्यको उद्योग धन्दा विकास गरेनन् ?

सांसद पार्वता डिसी चौधरी
ललिता निवासको जग्गा जसरी फिर्ता ल्याइयो त्यसैगरी मातातिर्थको १७४ रोपनी पनि फिर्ता गर्छाँै भन्नुभयो । ललिता निवासको विषयको मुद्दा विशेष अदालतमा गएको छ । यो विषयमा प्रधानमन्त्रीले बोल्न मिल्छ की मिल्दैन् ?

सांसद अमृतादेवी अग्रहरी
लाल आयोगको प्रतिवेदन अहिलेसम्म सर्वाजनिक भएको छैन् । त्यो कहिले सम्म सार्वजनिक हुन्छ ?
सांसद डिला संग्रौला पन्त
यति समूहसँग किन सरकार सति गयो ट्रष्ट ऐन नै परिवर्तन गरेर । नीतिगत भ्रष्टाचार गर्नुको तत्पर्य के हो ?

सांसद रामबहादुर विष्ट
सरकारको तर्फबाट यति होल्डिङलाई ५ वर्षको सम्झौता बाँकी हुदैै गर्दा गोकर्णको २९ सय ९२ रोपनी जग्गा लिजमा दिनु । शिवपुरीको २ सय १६ रोपानी जग्गा वार्षिक ४० हजारमा यतिलाई दिनु । ताप्लेजुङ पाथिभाराको ३ सय १७ रोपनी जग्गा ८० वर्षका लागि लिजमा यतिलाई दिनु बाध्यता के रहेछ ?

सांसद लक्ष्मी परियार
एकदिनमा केही पनि हुन सक्दैन भन्नुभयो । रेल, मेट्रो रेल आउने कुरा सुरु थियो । २ वर्षमा पनि सुरु भएन् । कहिले हुन्छ ?

सांसद मिन बहादुर विश्वकर्मा
समृद्ध नेपाल भयो भन्नुभएको छ । बैदेशिक लगानी भनेजति आएन् राजस्व कम उठ्यो भन्नुभएको छ । यो आफैमा भ्रमपूर्ण भएन ?

सांसद रंगमति शाही
भ्रष्टाचार गर्दिन र हेर्नपनि सक्दिन भन्नुहुन्छ तर एनसेललाई दिएको कर छुटलाई के भन्नुहुन्छ ?
जाडो महिनामा कर्णालीका जनताका लागि कति जोर कपाडा पठाउनुभयो ?
कर्णालीका जनता कहिले सम्म अध्याँरोमा बस्छन् ?

सांसदसत्य नारायण शर्मा खनाल
२, ३ प्रतिशत नयाँ बेरोजगारलाई रोगजारी दिइएको छ भन्नुभयो । पुरानालाई रोजगारी दिने दायित्वभित्र पर्छ कि पदैन् ?

सांसद दिव्यमणि राजभण्डारी
चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा लगानी किन कम गरियो ?

सांसद मिना सुब्बा
नेपाल ट्रष्टको जग्गाका विषयमा गरेको निर्णयहरु भ्रष्टाचार भित्र पर्दैनन् ? व्यवहारमा जवाफ चाहियो ।

Spread the love