सभामुखद्धारा संघीय संसद भवन परिसर निर्माण कार्यको अनुगमन

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसद भवन परिसर निर्माण कार्यको अनुगमन गर्नुभएको छ । सभामुख सापकोटाले आइतबार सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनको अनुगमन गर्नुभएको हो । सभामुख सापकोटाले आयोजना निर्माणको प्रगति देखेर आफु एकदमै खुसी भएको प्रतिक्रिया दिनुभएको छ । निर्माण कार्य समयभन्दा अगाडी नै सम्पन्न गर्न पनि सभामुख सापकोटाले निर्देशन दिनुभएको छ । निर्माण कार्य समयमै सम्पन्न गरे उच्च मुल्याङ्कन हुने र आफुले त्यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अहिलेसम्म आयोजनाको निर्माणस्थल घेर्ने काम सकिएको छ । परिसरमा रहेका ३ सय ९० रुख मध्ये ३ सय रुख काट्ने काम पनि सम्पन्न भएको छ । यसैगरी १२ वटा ब्लक मध्ये ६ को लेआउट सम्पन्न भइ जगको कार्य सुरु गरिएको छ । निर्माण स्थलका लागि छुट्टै प्रवेश मार्ग खोलिएको छ भने निर्माण कार्यमा प्रयोग हुने सामग्रीहरुको ल्याव परिक्षणगरी प्रयोगशाला सञ्चालन गरिएको गरिएको छ । १७३ रोपनी ८ आनामा बनिरहेको नयाँ संसद भवन निर्माणका लागि करिब ६ अर्ब ९२ करोड लागत लाग्ने अनुमान गरिएको छ । तीन वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लग्य राखिएको छ । नयाँ बन्ने संसद भवनमा ४ सय जना सांसद अट्ने प्रतिनिधिसभा हल, प्रतिनिधिसभा हलमै विभिन्न प्राविधिक कक्षहरु, सभामुख कक्ष, ३०० दर्शक÷पत्रकार÷आगन्तुक पाहुना अट्ने हल र  सुरक्षा तथा मार्सल रुम अन्तर्गत २०० जना हटाउने कक्ष निर्माण हुने छ । त्यसैगरी १ सय जना सांसद अटाउने राष्ट्रियसभा हल, प्राविधिक कक्ष, राष्ट्रियसभा अध्यक्षको कक्ष, २ सय जना अट्ने बाल्कोनी र ३ सय जना अट्ने मार्सल हल निर्माण हुनेछ । यसैगरी अति विशिष्ट व्यक्तिरुको कार्यालय भवन, पुस्तकालय÷संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समिति भवन
संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस÷छपाई भनव र ७ सय सवारी साधन पार्कीङ सुरक्षाकर्मी भवन पनि निर्माण हुनेछ । आयोजना आर्थिक वर्ष ०७८÷०७९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Spread the love