पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका महराले सोमबार सफाइ पाउनुभएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजिनामा दिनुभएको थियो । सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते साँझ बलात्कार प्रयास गरेको आरोप लागेको थियो । असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो । प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो ।

Spread the love