सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे सासंद महिन्द्र राय यादवद्धारा आन्दोलनको चेतावनी

सांसद महिन्द्र राय यादवले हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे आन्दोलनको चेतावनी दिनुभएको छ ।  सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेश मातहत राखेका कारण केन्द्र सरकारले बजेट विनियोजन नगरेको र काम सुरु हुन नसकेको भन्र्दै उहाले यस्तो चेतावनी दिनुभएको हो ।
तराई मधेशको लाइफ लाइनका रुपमा हुलाकी राजमार्गलाई लिइएको भएपनि त्यसको अनुभूति जनताले गर्न नपाएको उहाले बताउनुभयो । उहाले चैत ११ सम्म राष्ट्रिय गौरबको आयोजनामा समेटेर काम सुरु नभए बैशाख १ गतेबाट हुलाकी राजमार्गमा जागरण अभियान सुरु गर्ने बताउनुभयो । यस्तै मानव सांङ्लो निकाल्ने, भारत नेपालबीच नागरिक संबाद रिले अनसन र आम हड्ताल गर्ने चेतावनी दिनुभयो ।
२०११ सालबाट राष्ट्रिय गौरबको आयोजनाका रुपमा निर्माण सुरु भएको भएपनि सरकारले कम बजेट विनियोजन गर्दाे वीरगञ्जदेखी नवलपरासीसम्म जोड्ने सडक अझै अधुरा रहेको बताउनुभयो । उहँले नागरिकताको विषयलाई गम्भिर रुपमा लिन सरकारलाई आग्रह समेत गर्नुभएको छ ।
सांसद दुर्गा पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो गम्भिर विषय भएकाले छानबिनको प्रकृया तत्काल अगाडी बढाउन आग्रह गर्नुभयो । मन्त्री एक्लैले यति ठुलो काण्ड घटाउन नसक्ने उल्लेख गर्दै उहाँले पर्दा पछाडी को को छन पत्ता लगाएर कारवाहीको दायरमा ल्याउन पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक्लैले त्यती ठूलो काण्ड घटाउन सम्भव देखिँदैन् पर्दा पछाडीका मान्छेहरुलाई पनि कारवाहीमा ल्याउनुपर्छ । भ्रष्टाचारको कारण विकासका कुराहरु कुण्ठित भएको अवस्था छ ।’
बहुराष्ट्रिय कम्पनीहरुसँग भएका सम्झौताहरुमा राजीतिकि तहबाट नै भ्रष्टाचार हुने गरेको भन्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले तत्काल आवश्यक कदम चाल्न नसके दरगामी असर गर्ने बताउनुभयो ।
सांसद प्रेम सुवालले नेपाल ट्रष्ट अन्र्तगतका जग्गा र भवन कुन—कुन व्यक्तिको पालामा कसरी दिइएको हो त्यसको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री समेत रहनुभएका ट्रष्टका अध्यक्ष इश्वर पोखरेलले संसदमा जवाफ दिनुपर्ने बताउनुभयो ।
सांसद भिमसेन दास प्रधानले काठमाडौंको मुटुमा रहेको टुंडिखेलको सांस्कृतिक, धार्मिक, राजनीतिक महत्व भएपनि व्यवसायी र विभिन्न संघ संस्थाहरुले अतिक्रमण गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाडौं भू टावर सम्झौता भएको ५ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेकोले टुंडिखेलमा बसपार्क, ब्यापार यौन व्यवसायको रुपमा विकसित हुँदै गएको तर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Spread the love