शुक्रबार पनि राजधानीका सडकहरु सुनसान

अत्यावश्यक सेवा र सामग्री बोकेका गाडीहरु मात्र सञ्चालनमा

लक डाउनको १८ औं दिन शुक्रबार पनि राजधानीका सडकहरु सुनसान देखिएका छन् । चैत ११ गतेबाट सुरु भएको लक डाउनको कारण राजधानीका सडक सुनसान छन् । अत्यावश्यक सवारी, मालबाहक सवारी बाहेक अन्य चलेका छैनन् । रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन् । ठाउँठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ । नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लड डाउन घोषणा गरिएको थियो । सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लक डाउन थप गरेको छ ।
सरकारले दोस्रो पटक २५ गतेसम्मका लागि समय थप गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रो पटक गत सोमबार बैशाख ३ गतेसम्म लक डाउनको अवधि थपेको थियो । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको घर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ ।

Spread the love