प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीस“ग टेलिफोन वार्ता

सीमामा रोकिएका नागरिक र आपूर्ति व्यवस्थाको विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार मोदीसग कुरा गरेको सोसल मिडियामार्फत जानकारी दिएका छन् । लकडाउनको अवधिमा सीमामा रोकिएका नागरिकको हेरचाहको विषयमा भारतीय समकक्षीसंग कुरा भएको प्रधानमन्त्री ओलीले जनाएका छन् । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा समेत सहमत भएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । सम्वादमा सीमामा रहेका नागरिकलाई हेरचाह गर्ने र आपूर्ति व्यवस्ता सहज र सुचारु बनाउने विषयमा समेत कुरा भएको प्रधानमन्त्री ओलीको ट्वीटर तथा फेसबुक पेजमा उल्लेख छ । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सो कुराको पुष्टि गरेका छन् ।

Spread the love