हेटौंडाका बासिन्दालाई सुन्दर मार्केट डटकमले घरघरमै सामान पुर्‍याउँदै

हेटौंडाका केही युवाहरुले लकडाउनकै समयमा पनि अनलाईन डेलिभरी सेवा सुरु गरेका छन् । लकडाउनका बेला सर्वसाधारणलाई बजारतिर निस्कन समस्या हुने भएकाले ई कमर्शमार्फत हेटौडाका लागि अनलाईन डेलिभरी सेवा सुरु गरिएको सञ्चालकहरुले बताएका छन् । आफुलाई चाहिने अत्यावश्यक सामान अनलानबाट अर्डर गर्ने बित्तिकै घरमै सामान आइपुग्ने भएको छ । बैशाख १ गतेबाट सुन्दर मार्केट डट कम औपचारिक रुपमास सुरु गरिएको छ । हेटौंडाका बासिन्दालाई सुन्दर मार्केट डटकमले सर्वसाधारणलाई घरघरमै सामान पुर्याइदिने भएको हो । घरायसी सामान सकिएमा सुन्दर मार्केटलाई सामानको विवरण उपलब्ध गराएपछि घरमै सामान आइपुग्छ । । कोरोना भाइरसको कारणले लकडाउनको अबस्थामा बजारमा भिडभाड नहोस भन्नको लागि उपभोक्ताको घरमै आवश्यक सामानहरु उचित मुल्यमा डेलिभरी सहितको सेवा दिनेछ । यो ईकमर्श व्यवसाय कोरोना लक्षित मात्र नभएको पनि सञ्चालकहरुले बताएका छन् । अब सुन्दर मार्केट मार्फत सधै सेवा प्रदान गर्ने बताएका छन् । सामान अर्डर गर्नको लागि सुन्दर मार्केट डट कम  वेवसाइटमा गइ आफुलाई चाहिएको सामान अर्डर गर्न सकिन्छ । अथवा ९८१६२८८१७७ नम्बरमा सिधै सम्पर्क पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

Spread the love