प्रधानमन्त्री ओलीद्धारा नया वर्षको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको महामारीका कारण नयाँ वर्षलाई अप्ठ्यारो परिस्थितिमा स्वागत गर्न बाध्य भएको बताउनुभएको छ । सोमबार नया वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिंदै महामारीको बिचमा बसेर असहज परिस्थितिमा भारी मनका साथ नया“ वर्षको शुभकामना दिनुपरेको बताउनुभयो । उहाँले देशभित्र र बाहिर रहेका सबै नेपालीहरुलाई कोरोना भाइरसबाट बँच्न र संक्रमण भएकाहरुलाई विजय हासिल गर्न सक्नुहोस भन्दै शुभकामना दिनुभयो । उहाले कोरोना भाइरसको संक्रमणको जोखिम नभएको भए देशमा आर्थिक विकासका गतिविधिहरुको विश्लेषण र विमर्श गरिरहेको अवस्था हुने बताउदै कोरोना भाइरसको संक्रमणको जोखिम कम भएपछि पनि ती सबै गतिविधिहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीका कारण भयाभह अवस्था सिर्जना भई सामाजिक सम्बन्ध जोडने धागो टुटेको बताउनुभयो । उहाले कोरोना विरुद्धको लडाइँ जित्न सबै नागरिक एकबद्ध भई आत्मविश्वास र उच्च मनोबलको खाँचो पर्ने बताउँदै संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने बताउनुभयो । उहाँले आफैलाई जोखिममा राखी उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु र सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको व्यक्तिगत र व्यवसायीक सुरक्षामा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जनाउनुभयो । अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको र त्यसबाट जोगिन अपनाउनुपर्ने कदमबारे सचेत रहेको विश्वास समेत प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो । उहाँले आउँदो साता सम्ममा महामारीको वेगको पूर्वानुमान हुन सक्ने हुँदा त्यसपछि मात्र समग्रमा मूल्याङ्कन गरी अगाडि बढ्ने बताउनुभयो । यस्तै बैशाख ३ गते लकडाउनको दोस्रो समायवधि पुरा हुने र दुई दिनको बिचमा सरकारले कस्तो नीति लिने भन्ने निर्णय गर्ने समेत बताउनुभयो । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिने समेत उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गरिने समेत बताउनुभयो । कोरोना भाइरसको महामारी समाप्त नभएसम्मका लागि आफ्नो फरिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने उहाँले बताउनुभयो । कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतिलाई अवसरमा रुपान्तरित गर्न प्रयास गरिने समेत बताउनुभयो । विश्वव्यापी रुपमा देखा परेको यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताउँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विरुद्धमा मित्र राष्ट्रहरुबाट प्रात भएको सहयोग, सदभाव, र एक्यबद्धताप्रति आभार प्रकट गर्नुभयो ।

Spread the love