२ जनामा कोरोना सक्रमण थपिएसगै संक्रमितको संख्या १४ पुग्यो

सरकारले थप दुई जनामा कोभिड–१९को संक्रमण फेला परेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा परिक्षण गरिएका मध्ये २ जनामा संक्रमण फेला परेको बताउनुभयो । प्रवक्ता देवकोटाले सोमबार गरिएको परिक्षणमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आउनुभएकी ६५ वर्षीय महिला र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा संक्रमण देखा परेको बताउनुभयो । यी सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उहाँले हालसम्म संक्रमणमा भएका बिरामीहरु मध्ये सेति प्रादेशिक अस्पतालमा ५ जना, वीरगंजमा ३ जना, बाग्लुङमा २ जना र टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जनाको उपचार भइरहेको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले अहिलेसम्म प्रयोगशाला परीक्षण ५ हजार ६ सय ९१ वटा भएको र पछिल्लो २४ घण्टामा ५ सय १९ वटा परीक्षण भएको बताउनुभयो । त्यस्तै ५२ जिल्लाहरुमा आरटीडी परिक्षण सुरु भएको र अहिले सम्म ५ हजार २ सय ९१ वटा ¥यापिड किटमार्फत परीक्षण भएको उहाँले बताउनुभयो । अहिलेसम्म आरटीडी र पिसिआर विधिबाट परीक्षणको संख्या १० हजार ९ सय ८२ पगुगेको समेत उहाँले बताउनुभयो । क्वारेन्टाइनमा आज सम्म ७ हजार १ सय ६६ र आइसोलेसनमा रहेका विरामीहरुको संख्या १ सय ३ वटा रहेको समेत उहाँले बताउनुभयो । जस मध्ये उपत्यकामा ९ जना र उपत्यका बाहिर ९२ जना रहेका छन् । यस्तै आइतबार कोरोना भाइरस देखिएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भइरहेको समेत उहाँले बताउनुभयो । पर्सा जिल्लाको छपैया टोलका ५९ जनाको ¥यापिड किटबाट टेस्ट गरिएकोमा सबैको नेगेटिभ आएको बताउनुभयो ।

Spread the love