काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा सिलबन्दी

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको ¥यापिड टेष्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको जनाएको छ । अपार्टमेन्टको ५ ब्लकमध्ये ए ब्लकमा बसिरहेका उनीहरु बैशाख ५ गते बेलायतबाट आएको खुलेको छ । सनसीटीमा पाचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।

Spread the love