बतास अर्गनाइजेशनद्धारा अमेरिकामा रोकिएका नेपालीहरुको तथ्याङक संकलन

बतास अर्गनाइजेशनले बिभिन्न भिषामा अमेरिका गई उतै रोकिएका नेपालीहरुको तथ्याङक संकलन गरिरहेको छ । यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुको संख्या २ सय नाधेको बतास अर्गनाइजेशनले जनाएको छ ।
अमेरिकामा रोकिएका नेपालीहरुले तत्कालै देश फर्किन पाउनुपर्ने माग राख्दै नेपाल सरकारसंग आग्रह गरिरहेका छन् । उनिहरुले अमेरिकामा रहेको राजदूतावासमा आफुहरुले पटक पटक सम्पर्क गर्ने कोशिस गरेको तर चित्त बुझ्दो जवाफ नआएको गुनासो समेत गरेका छन् ।

यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्ने नेपालीहरुले खर्च सकिन लागेको, बसाई असहज हुदै गएको, नेपालमा परिवारका सदस्यहरुलाई हेरबिचार गर्नुपर्ने लगायतका समस्या लेखेका छन् । उनिहरुले राजदूतावास मार्फत नेपाल सरकारलाई पहल थाल्न पनि आग्रह गरेका छन् ।

बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासले सरकारलाई आफ्ना नागरिक देश फर्काउन पहल थाल्न आग्रह गरेका छन् । उनले आफुहरुले शुरु गरेको अभियानमा नेपाल फर्किपाउ भन्ने आग्रह गर्दै २ सय भन्दा बढीले फर्म भरेको जनाएका छन् ।

बतास अर्गनाइजेशनले नेपाल फर्किन चाहना भएकाहरुको गुनासो सहित सुचना संकलन गरिरहेको छ । यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुले सरकारको तर्फबाट चार्टर गर्न सम्भव भए चार्टर बिमानमा, नत्र कमर्शियल बिमानमा भएपनि नेपाल फर्किन इच्छुक रहेको जानकारी दिएका छन् ।

अन्र्तराष्ट्रिय एयरलाइन्स कम्पनीहरुले उडान भर्नु अगाडि सबै यात्रुहरुको रगत परिक्षण गरेर उडान भर्न सकिने बताएका छन् । इमिरेट्सले गत बुधवार यात्रुको रगत परिक्षण गरेर दुवईबाट ट्यूनेसियाको उडान भरिसकेको उल्लेख गरेको छ ।

Spread the love

Comment here