आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थाल्यो

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ । वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताउनुभयो । भारतसग खुला सीमानाका जोडिएकाले संक्रमणको जोखिम रहेको अवस्थामा त्यहँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुचारु कहिले गर्ने भन्ने विषय निक्र्यौल गर्ने उहाले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो । अहिले आन्तरिक उडान पनि सोही समयसम्मका लागि बन्द गरिएका छन् ।

Spread the love