अर्थमन्त्री डा. खतिवडा र एशियाली विकास बैकका अध्यक्ष बीच टेलिफोन बार्ता

अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावा बीच बीच टेलिफोन बार्ता भएको छ । अर्थमन्त्रालयले जनाए अनुसार कोभिड– १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे द्धिपक्षीय टेलिफोन वार्ता भएको हो । सो वार्तामा अर्थमन्त्री र एशियाली विकास बैंकका अध्यक्ष बीच कोभिड – १९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा माननीय अर्थमन्त्रीले कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी गराएका थिए । साथै अर्थमन्त्रीले कोरोना महामारीको असरलाई सम्बोधन गर्न एशियाली विकास बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद दिएका पनी मन्त्रालयले जनाएको छ ।
टेलिफोन वार्ताका क्रममा अर्थमन्त्री डा. खतिवडाले स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा पनि व्यक्त गरेका मन्त्राले जनाएको छ ।
एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड –१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड –१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका मन्त्रालयले जनाएको छ । साथै अध्यक्ष आसाकावाले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने र आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बताएका मन्त्रालयले जनाएको छ ।

Spread the love