प्रतिनिधिसभा, नीति तथा कार्यक्रम छलफल

कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसद दिव्यमणिराज भण्डारीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्राथमिकताका साथ काम गर्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गर्नुभएको हो । सरकारमा रहेका मन्त्रीहरुले समेत प्रधानमन्त्रीलाई सहयोग नगरिरहेको अवस्थामा राजीनामा दिन उहाँले आग्रह गर्नुभयो । नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गासको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने केही योजना नदेखिएको उल्लेख गर्दै उहाँले यो परिस्थितिमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिनुभयो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताउनुभयो । नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताउनुभो । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुबै राष्ट्रियता भएको बताउनुभयो ।

कम क्षमता भएका मान्छेहरुले बनाएको नीति तथा कार्यक्रमका कारण देश दुर्घटना नजिक पुगेको उहाँले बताउनुभयो । सामान्य मानिसको क्षमता काम हुँदा क्षति कम हुने भएपनि कुनै कम्पनीको मालिक वा देश चलाउने मान्छेमा त्यो समस्या देखि बर्बाद नै हुने उहाँले बताउनुभयो । थापाले नीति तथा कार्यक्रम प्रधानमन्त्री एक्लैले लेख्ने कविता वा कुनै एक मन्त्रीले लुकेर लेख्ने अध्यादेश नभएको बताउनुभयो ।

विश्वमहामारीका कारण नेपालमा पनि ठूलो प्रभाव परेको कुरा नीति तथा कार्यक्रम उल्लेख किन भएन ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नागरिकको खल्ति रित्तिदा देशको ढुकुटी नै रित्तिनेभएकाले यस्तो परिस्थितिमा गर्ने कामहरुको सूची किन आएन ? उहाँको प्रश्न थियो । सरकारले कोरोना नियन्त्रणमा अभूतपूर्व काम गरेको उल्लेख गर्दै गर्दा परीक्षण कम भएर संक्रमण कम देखियो भनेर कसैले किन भनेन भन्दै उहँले प्रश्न गर्नुभयो ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले तत्काल नीजि अस्पताललाई राष्ट्रियकरण गरेर नागरिक बचाउन आग्रह गर्नुभएको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै उहाले यस्तो बताउनुभएको छ । सरकारले लक डाउनको समयावधि बढाइरहेपनि संक्रमितको संख्या पनि बढिरहेको उहा“ले बताउनुभयो । अहिलेका स्वास्थ्य पूर्वाधारहरु कोरोना रोकथामका लागि पर्याप्त नभएको उहा“ले बताउनुभयो । कोरोना नियन्त्रणका लागि काम गर्न सरकारसँग प्रयाप्त समय भएपनि सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो । यादवले सरकारले ल्याएका नीति तथा कार्यक्रम संघीयतामुखि देखिएको बताउुनभएको छ । कृषिको व्यवसायीकरण, अस्पताल निर्माण लगायतका अधिकतम योजनाहरु संघमुखि बनाएर संघीयतामाथि प्रहार भएको उहाँले बताउनुभो ।

Spread the love