सगरमाथा दिवस :सरकारले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताउनुभएको छ ।

१३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्था अनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताउनुभयो ।

उहाँले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायिहरु उत्साहित भएको विश्वास समेत व्यक्त गर्नुभयो । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताउनुभयो । आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले बताउनुभयो । उहाँले पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठानको अवधारणा अनुरुप पर्यटन विश्व विद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको समेत बताउनुभयो ।

उहाँले नेपालको सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले सगरमाथाको सरसफाई र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तब्यका रुपमा रहने विश्वास समेत उहाँले गर्नुभयो । सन १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिन पारेर सन २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । सन १९५३ देखि सन २०१९को अन्त्य सम्म कुल ६ हजार ५ सय १ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । त्यस मध्ये ३ हजार ४ सय ७८ जना नेपाली नागरिक रहेका छन् । यो अवधि सम्म नेपालले विभिन्न हिमालको आरोहणबाट ५६ करोड रुपैयाँ बढी रोयल्टी प्रप्त गरेको छ भने सगरमाथाबाट मात्रै करिब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ ।

Spread the love