कुवेतबाट १ सय ५० जना नेपाली बिहीबार स्वदेश फर्किए

वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नेपाल नागरिक मध्ये १ सय ५० जना बिहीबार स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपालीनागरिक बिहीबार काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारको पहलमा उनीहरु नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाले साझा बसमार्फत उनीहरुलाई होल्डिङ सेन्टरमा पुर्‍याएको थियो ।

जजिरा एयरवेजको न्यारोबडी मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । बिहीबार नै अर्को विमानबाट कुवेतबाट नेपालीहरु आउने समय तालिका तय भएको छ । कुवेतबाट २ हजार ९ सय ९१ जनाले नेपाल फर्किन चाहेका छन् । अन्यलाई चरणवद्ध रुपमा स्वदेश फर्काइने सरकारले जनाएको छ ।

Spread the love