लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निणर्यको व्यवसायीहरुद्धारा स्वागत

उद्योगी व्यवसायीहरुले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निणर्यको स्वागत गरेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति भएको र सरकारले असार १ गते देखि सञ्चालन गर्न दिने निणर्य गरेपछि उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् । उद्योगी व्यवसायीहरुले आफुहरुले दुई साता यता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले चरणवद्ध रुपमा आर्थिक क्रियाकलापलाई सञ्चालन गर्ने निणर्य गर्नु सकारात्मक भएको बताएका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिड १९ संक्रमण्को रोथामका लागि रेड जोन, यल्लोजोन र ग्रिन जोन क्षेत्र निर्धारण गरी सबै उद्योग व्यवसायलाई सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले पछिल्लो पटक गरेको निणर्य उद्योगी व्यवसायीको हितमा रहेको बताउनुभो ।

लकडाउन खुलेको एक साता भित्रमा सबै उद्योग व्यवसायीले सुरक्षाका सबै सावधानी अपनाई पूणर्रुपमा व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुभयो । उहाँले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य प्रोटोकल अपनाएर सबै क्षेत्रलाई सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रलाई जोगाउनका लागि यातायात, होटल तथा आन्तरिक उडानहरुलाई पनि चलाउने तर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

Comment here