स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक गरेका छन् । मन्त्री ढकालले इ टिकेटिङ प्रविधि सुरुभएसगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताउनुभयो । जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उहाले परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउ“दै जाने बताउनुभयो ।

मन्त्रालयमा इ टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताउनुभयो ।

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भएपनि नेपालमा त्यसो हुन नसकेको बताउनुभयो । पछिल्लो १, २ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उहाँले बताउनुभयो । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध प्रदर्शनहरु भइरहेका छन् ।

Spread the love