भारतसँग सम्बन्ध विग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्छ : पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध विग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने टिप्पणि गर्नुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने बताउनुभयो । उहाँले नेपालको रुपैयाँ अवमुल्यन हुन सक्ने खतरा बढेको र यसले कोभिडबाट असर परेको अर्थतन्त्रलाई थप कमजोर बनाउन सक्ने बताउनुभएको छ । उहाँले अर्थमन्त्रालयका अधिकारीहरुले अहिलेसम्म यो विषयमा नहेरेको समेत बताउनुभयो ।
उहाले कुनैपनि बेला भारतले कुनैपनि स्टेप चालेमा नेपाललाई अप्ठेरो पर्न सक्ने बताउनुभयो । अहिले पनि काकडभिट्टा नाकाबाट नेपालमा आयात गर्न छुट भएको तर नेपालबाट निर्यात गर्न बन्देज लगाएको स्थिति रहेकोले अहिले नै भारतले त्यसतर्फ कदम चाल्न सक्ने अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।
सरकारको रेभिन्यु संकलन उच्च दरमा घटेकाले खर्च गर्ने क्षमता ह्रास भएको र अहिले पनि १ खर्ब ७० अर्ब नगद डेफिसेट देखा परेको पाण्डेले बताउनुभयो । उहाँले क्यास डेफिसेट देखा परेको अवस्थामा सबै क्षेत्रको भुक्तानीमा असर पर्ने र अर्थतन्त्रमा दिर्घकालिन संकटको स्थिति देखापर्ने बताउनुभयो । यसबाट वैदेशिक अनुदान पाउन र ऋण लिन पनि समस्या हुने पाण्डेले बताउनुभयो । नगद डेफिसिट हुँदा अर्थतन्त्रमा सिधा असर पर्ने उहाँले बताउनुभयो ।
सरकारले खर्च गर्ने अवस्था कमजोर बन्दै गएको र भदौपछि अवकास प्राप्त कर्मचारीहरुलाई दिदै आएको पेन्सनको भुक्तानी चैत महिनामा सार्ने चर्चा समेत चलेकाले यसले अर्थतन्त्रमा थप संकुचन ल्याउन सक्ने पाण्डेले बताउनुभयो ।

Spread the love