नेपालमा कोरोना पोजेटिभको संख्या साँढे १० हजार नाध्यो

नेपालमा थप ६ सय २९ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या साढे १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभरी संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १ सय १० जना महिला र ५ सय १९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ । अहिले सम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ ।

Spread the love