सुस्मिताको हत्या ससुरा , सासु र नन्दले पैसाको लागि गरेको अनुसन्धानबाट पुष्टि

हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ घर भएकी २६ बर्षिया सुस्मिता थापाको हत्या आफ्नै परिवारले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत असार २ गते बिहान भान्छा कोठामा मृत फेला परेकी थापाको आफ्नै ससुरा नन्द लगायतले लाठि र मसला पिस्ने लोहोरोले हानि हत्यागरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा सलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई आज सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजजिक गरेको हो । सुस्मितामाथि ससुरा प्रकाशले बाथरुममा जर्बजस्ती करणी प्रयाससमेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु घर भएकी सुस्मिता १ बर्षअघि हेटौंडा रुपेन्द्र थापा संग बिबाह गरेर आएकी थिइन् तर उनका श्रीमानको गत असोजमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । परिवारका सदस्यहरुले उनकै कारण छोराको मृत्यु भएको आरोप बुहारीमाथि लगाउदै आएका थिए ।
रुपेन्द्रको सवारी दुर्घटनाको मृत्यु भएका कारण क्षतिपूर्ति बापत आउने १० लाख रकम यस्तै क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार का कारण थापा परिवार मिलेर सुस्मिताको हत्या गरेको प्रहरीले जनाएको छ । बिहे भएको ६ महिनामै पति गुमाएकी उनी माइतीमा बस्दै आएकी थिइन् । श्रीमानको ६ महिनाको काम गर्नुपछ भनेर कपिलवस्तुबाट सुस्मितालाइ हेटौडा बोलाइएको आफन्तले बताएको छ ।
प्रहरीका अनुसार घटना योजनाबद्ध रहेको देखिन्छ । असार १ गते राति करिब ९ बजे सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाइरहेका बेला ससुरा प्रकाशले काठको लौरोले पछाडीबाट टाउकोमा हिर्काउदा सुस्मिता भुईमा लडिन् त्यसपछि नन्द सीता थापाले नजिकै रहेको लोहोरो प्रहार गरी हत्या गरेको स्विकार गरेको छ । बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयास गरेका थिए । भुईँमा लागेको रगत सफा गरेर, भित्रबाट चुकुल लगाएर झ्यालबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ । भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो ।
हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैद हुने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुखले बताए ।

Spread the love