सरकार ढाल्न पाइदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन , ओली समर्थनमा माइतीघरमा प्रदर्शन

सरकार ढाल्न पाइदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन भन्दै बिहीबार युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको फोटो सहित देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथी लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए । उनीहरुले आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई, वैदेशिक हस्तक्षेप चाहिदैन, सरकार ढाल्न पाइदैन लगायतका नारा लगाएका छन् ।

Spread the love