विकास तथा प्रविधिसमिति (निर्देशन)

आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन सरकारले आफैले तयार पारेको मापदण्ड अनुसार विभिन्न पेशा व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो । बुधबार सार्वजनिक यातायात सँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताउनुभयो । देशको अर्थतन्त्रलाई चलायमन बनाउन पनि सेवा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

लक डाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् । समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्था समेत सिर्जना भएको गुनासो गरेका थिए । अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्न समेत समस्या भएकोल तर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सार्वजनिक यातायात सञ्चालनका लागि मन्त्रालय, सीसीएमसी लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ ।

Spread the love