आईजीपी थापालाई दज्र्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह लगाउनु भएको छ ।
गृहमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त हुनुभएको थियो । सरकारले वरिष्ठताका आधारमा थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिनुहुन्छ ।

थापास“ग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । यस्तै थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गर्नुभएको छ । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा अव भने २०७९ वैशाख १८ गते सम्म प्रहरीको नेतृत्व सम्हाल्नु हुनेछ । थापाले बिहीबारदेखि नै प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नु हुनेछ ।

Spread the love