सोमबार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको २० करोड १४ लाख ९९ हजार रुपैया

शेयर बजारमा तिब्र उतारचढाव बीच नेप्से परिसूचक घटेर बन्द भएको छ । कारोबार सूरु भएको दुई मिनेट नहुदै नेप्से ४ प्रतिशतले बढ्दा २० मिनेट र करिब २२ मिनेटमा ५ प्रतिशतले बढ्दा ४० मिनेट कारोबार स्थगित भएको थियो । १२ बजेपछि तेस्रोपटक खुलेको बजारमा भने नेप्से ओरालो लाग्यो । दुई दिनमा नेप्समा उच्च वृद्धि भएपछि लगानीकर्ताले शेयर विक्रीचाप बढाउदा नेप्से ओरालो लाग्यो र समग्रमा १४ अंक बढीले घटेर १ हजार ४ सय ६४ दशमलव ९४ अंकमा बन्द भएको छ । कारोबार अवधिभर नेप्से बढेर १ हजार ५ सय ५६ दशमलव २ अंक सम्म पुगेको थियो भने तेस्रोपटक खुलेको बजारमा घटेर १ हजार ४ सय ५८ दशमलव ५१ अंक सम्म झरेको थियो ।
सेन्सेटिभ परिसूचक पनि २ दशमलव ८४ अंकले घटेर ३ सय ९ दशमलव ६ अंकमा बन्द भएको छ । सोमबार १ सय ८१ कम्पनीको २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७ सय १५ रुपैयाँको ७० लाख १ हजार २ सय ५८ कित्ता शेयर खरिद विक्री भएको छ ।
शेयर बजारमा दुई दिनमै नेप्सेमा उच्च वृद्धि भएको र अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा विक्रीचाप बढ्न गएकाले तिब्र उतारचढाव आएको देखिन्छ । बजारमा कारोबारमा आएका समुह मध्ये बैंकिङ, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड समुहमा वृद्धि भएको छ । व्यापार, होटल, जलविद्युत, बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र अन्य समूहमा गिरावट आएको छ ।
यसदिन सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको २० करोड १४ लाख ९९ हजार रुपैया बढीको भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंकको शेयर कारोबार १० कारोड रुपैया भन्दा बढीको भएको छ । नेप्से ऋणात्मक भएपनि युनाइटेड फाइनान्स, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, स्पर्स लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । गुरास लघुवित्त वित्तीय संस्था र मन्जुश्री फाइनान्सका शेयरधनीले भने झण्डै १० प्रतिशतले गुमाएका छन् ।

Spread the love