देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको अर्थमन्त्रीको भनाइ

अर्थ, सञ्चार तथा सूचना प्रविधि मत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पार्नुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको हो । उहाले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्ला स्तरबाट सेवाहरु रोकिने अथवा लकडाउन हुन सक्ने तर देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको स्पस्ट पार्नुभयो । उहँले त्रसित भएर पूर्ण रुपमा यसअघि जस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आग्रह गर्नुभयो । उहाले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताउनुभयो ।

काठमाडौं उपत्यका भित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखम भएको हुनाले केही कदमहरु चाल्न सुरु गरिएको उहाँले बताउनुभयो । जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गर्नुभयो । सरकारले कोरोना नियन्त्रणका लागि प्रतिकारात्मक र उपचारात्मक विधि अपनाएर काम गरिरहेको र संक्रमितलाई भेन्टिलेटर सम्म पुग्नुपर्ने अवस्था आउन नदिने बताउनुभयो । त्यसका लागि सरकारले उपचारका संयन्त्र, यन्त्र उपकरण लगायतको व्यवस्था गरिरहेको बताउनुभयो ।

क्वारेन्टाइन्हरु खालि हुँदै जाने र आइसोलेसनका बेडहरु बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नुपर्ने आवस्यकता अनुसार काम भइरहेको स्पस्ट पार्नुभयो । आवस्यकता अनुसार कतिपय ठाउँमा आइसियु कक्षको थप विस्तार गर्दै जाने रणनीतिमा सरकार रहेको बताउनुभयो । यस्तै कोभिडको रोकथाम तथा नियनत्रणका लागि लकडाउन गरिरहदा स्वास्थ्य सम्बन्धी अरु कारणले मृत्यु नहोस र अन्य आर्थिक समस्या समेत नआओस भन्ने विषयमा सरकार सजग रहेको बताउनुभयो ।
प्रधनमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने भन्ने सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरु र आर्थिक क्षेत्रका विज्ञहरुसँग छलफल गरिसक्नु भएको उहाँले बताउनुभयो । विज्ञहरुले लकडाउन मात्रै समस्याको समाधान नभएको सुझाव दिएकाले सोही अनुसार नै व्यवस्थापन गरिने बताउनुभयो । विज्ञहरुले मानिसको मृत्यु सम्मको अवस्थामा पु¥याउने विभिन्न रोगको विवरण उपलब्ध गराएको र त्यसमा कोरोना ५० औं नम्बरमा रहेको बताउनुभयो ।

Spread the love