कोभिड १९ को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द

नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीले बताउनु भएको छ । कोभिड १९ को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द छ । त्यसैले लकडाउन पछि पर्यटन क्षेत्रलाई खोलिएको अवस्थामा नेपाल घुम्न सुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पु¥याउनुपर्ने जोशीले बताउनुभएको छ । बोर्डका पूर्व कार्यकारी अधिकृत (सिइओ) जोशीले नेपाल भित्रका पर्यटन क्षेत्र घुम्न सुरक्षित छन् भन्ने सन्देश सरकार, निजी क्षेत्र र सरोकारवाला सबैले दिनुपर्ने बताउनुभएको हो । त्यस्तै कोभिडको असरपछि पनि नेपालको पर्यटन महंगो छैन भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा जोशीले जोड दिनुभयो ।
आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सके पर्यटन क्षेत्र चलायमान हुने र यसले नेपाल खुल्ला छ भन्ने सन्देश बाह्य बजारमा पु¥याउने उहाँले बताउनुभयो । त्यसका लागि पर्यटन विभाग, पर्यटन बोर्ड तथा मन्त्रालयबाट अनुमति दिएर आन्तरिक पर्यटनलाई चलायमान बनाउनुपर्छ ।
नेपालमा अहिले पनि विदेशबाट आउने मान्छे कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने नीति रहेको छ । तर यस्तो प्रावधानले पर्यटकहरु आउन नचाहने भएकाले पर्यटनको विकल्पको रुपमा क्वारेन्टाइनलाई नभइए पीसीआरलाई बताउनुपर्ने जोशीले बताउनुभयो । पर्यटकलाई आफ्ने देशमा नै पीसीआर टेस्ट गर्ने, नेपाल आएपछि पुनः पीसीआर टेस्ट गर्ने र सात दिन भन्दा बढी बस्ने पर्यटकलाई घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने जोशीको भनाई छ

बाह्य पर्यटन प्रवद्र्धनका लागि भिषा निःशुल्क बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । भिषा शुल्क नलिने र पीसीआर परीक्षणलाई अनिवार्य बनाउने हो भने पर्यटनको वातावरण बन्ने जोशीले बताउनुभयो । विश्वमा गरिएका धेरैजसो सर्भेले लकडाउन खुल्ने वित्तीकै ३२ प्रतिशत मान्छेहरु घुम्न निस्किन्छन भन्ने डाटाहरु देखिएकाले नेपालले सोही संख्यालाई लाक्षित गरी तयारी सुरु गर्नुपर्ने बताउनुभयो ।
आन्तरिक पर्यटनका लागि पनि प्रभावकारी रणनीति आवस्यक रहेको उहाँले बताउनुभयो । आफुपनि डराउने र अरुलाई पनि तर्साउने काम गर्दा पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएकाले निजी क्षेत्रले सिमित स्रोतबाट अधिकतम काम गर्न सक्नुपर्ने जोशीको भनाई छ ।

नेपालको पर्यटनको इमेज बाहिर अत्यन्तै राम्रो भएको र कोरोनाको असरबाट पुनरउत्थान हुने मुलुकमा नेपाल पनि पर्ने भएकाले अहिले देखि नै तयारी गर्नुपर्ने बताउनुभयो । नेपाल पर्यटनका लागि तयार छ भन्ने सन्देश विश्वभर पु¥याउन सक्नुपर्ने जोशीले बताउनुभयो । पर्यटन क्षेत्रको पुनरउत्थानका लागि सरकारले छुट्याएको ५० अर्बको पुनरउत्थान कोषको परिचालन तत्काल गर्नुपर्नेमा जोशीले जोड दिनुभयो । आवस्यक परेको बेलामा कोषलाई परिचालन गर्न नसके पछि परिचालन गरेर कुनै अर्थ नहुने उहाँको भनाई छ । त्यसैले कोषलाई तत्काल परिचालन गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पछिल्लो समय नेपालमा समाजिक, राजनीतिक एजेण्डा भन्दा पनि विकासका एजेण्डाले प्राथमिकता पाएको र लगानीकर्ताले पर्यटनमा लगानी गरेकाले त्यसको संरक्षणका लागि पनि काम गर्नुपर्ने उहाँले बताउनुभयो । देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावाकारी काम गर्नुपर्नेमा जोशीले जोड दिनुभयो ।

Spread the love