प्रभु क्यापिटल लिमिटेडको डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना

“प्रभु क्यापिटलसँग जोडौं नाता, पाउ ३ वर्ष सम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निशुल्क योजना २०७७ साल भाद्र मसान्त सम्म थप गरेको छ ।
नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले  https://dematapply.prabhucapital.com बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ साथैं यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।

 

 

Spread the love