अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजीनामा

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । संविधानको धारा ४८ को उपधारा १ बमोजिम खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ। संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ । आफू राष्ट्रियसभा सदस्य नहुने भएपछि खतिवडाले राजीनामा दिएका हुन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

Spread the love