सार्वजनिक सवारी साधन पनि जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइने

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायातहरु जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइने छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै एक सिटमा एक जना र कुल क्षमताको ५० प्रतिशत यात्रु ओसार्न पाउने गरी यातायात खुला गरिएको हो । भाडाका ट्याक्सीमा चालक सहित ३ जना र परिवार भित्रका ५ वर्ष मुनिका बालबालिका २ जना सम्म राखेर सञ्चालन गर्न सकिने छ ।

चालक र सहचालकले अनिवार्य पञ्जा लगाउनुपर्ने, सवारी साधानको ढोकामै स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने, सवारी दैनिक निसंक्रमित गरेर मात्रै सञ्चाजन गर्नुपर्ने छ । मालबाहक ढुवानीका सवारी साधन सञ्चालनमा जोर विजोर लागु नहुने र अत्यावश्यक वस्तु सेवाका पसल व्यवसायहरु जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउने पाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । यसैगरी खाद्यवस्तु, दुध र दुधजग्य पदार्थ, फलफुल, तरकारी, माछा÷मासु विक्रि वितरण गर्ने पसलहरु विहान ११ सम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने भएपनि विकास निर्माणसँग सम्बन्धित सामग्री विधि वितरण गर्ने पसल र ढुवानीका सवारी दिउसो २ बजेटदेखि ७ बजेसम्म खोल्न सक्ने निर्णय प्रशासनले गरेको छ ।

Spread the love