दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।
काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ । कोभिड १९ संक्रमणको जोखिम भएपनि मानिसहरु आवस्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् । जसका कारण मुख्यु मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ । बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । न्यूरोड मखनटोल स्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताउनुभयो । कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उहाँले गर्नुभयो । अहिले व्यवसाय खुल्ला भएपनि तीनचार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उहाँले बताउनुभयो । दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताउनुभयो ।

कोभिड संक्रमणको जोखिमका कारण भिडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ । यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिदैन । त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाई छ ।


Latest posts by Business TV Nepal (see all)
- पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न ललितपुर महानगरद्धारा एक करोड आर्थिक सहयोग - January 19, 2021
- कृषि क्षेत्र विकासको निम्ति प्रशस्त गृहकार्य आवश्यक रहेको सरोकारवालाहरुको भनाइ - January 19, 2021
- खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि बजेटको व्यवस्थापन गर्छु ः खेलकुदमन्त्री - January 19, 2021
Comment here