कोभिडसँग लडने क्षमता विकासका लागि कस्तो खाने ?

कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् ।

त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन् । आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने छ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उहाँले सुझाव दिनुभएको छ । त्यस्तै बोइलर कुखुराको मासु धेरै नखान समेत उहाँले आग्रह गर्नुभएको छ । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उहाँको भनाई छ । त्यस्तै खसीबोकाको उपभोग पनि कमगर्न उहाँको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । दिनको एकदुई वटा कागतिको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तु बाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने उहाँले बताउनुभयो । त्यस्तै धेरैप्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उहाँले सुझाव दिनुभएको छ । सादा खाना खान र सरिरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खानपनि उहाँको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उहाँले बताउनुभयो । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत सरिरमा फाइदा पुग्ने उहाँको भनाई छ । योगा, खानपिन, आयुरवेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने बताउनुभयो । घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नुपर्नेमा जोड दिनुभयो । खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाई छ ।

Spread the love