कोभिड संक्रमणको जोखिमका बाबजुदपनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइचो बढेको छ ।

बैंकहरुले सबै शाखाकार्यालयहरु मार्फत सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ । दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोलेपनि भिड बढेको देखिएको छ । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडक सम्मै आएको देखिएको छ । कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंक सम्म पुग्नै पर्ने बाध्यता रहेको छ । यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरीपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।


Latest posts by Business TV Nepal (see all)
- बिहिबार सुनको मूल्यमा गिरावट, तोलाको ५०० रुपौले घट्यो - February 25, 2021
- सरकारी कर्मचारीको सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट - February 25, 2021
- प्रधानमन्त्री ओलीले गरे निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण - February 12, 2021
Comment here