उपत्यकाका किसानलाई कामको चटारो

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि कौठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरमा रहदैगर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याई नभ्याई छ ।
असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासको कारण एक महिना पर धकेलिए पछि किसानहरु दोहोरो हतारमा छन् । एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दशैं नजिकिएर पर्व मनाउने हतार छ । हामी ललितपुर दक्षिण क्षेत्रको धान खेत पुग्दा किसानहरु कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए । कोहीभने धान झार्दै थिए । खेतमा भेटिएका किसानहरुले धान उठाउने काम सकेर दशैं मनाउने योजना रहेको बताएका छन् । त्यस्तै कोरोना संक्रमणको जोखिम भएपनि गाउँमा त्यसको असर नपरेकोले धान काटने काममा आफुहरु व्यस्त भएको किसानहरुको भनाई छ  ।

काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिक भित्र थन्काईसक्ने चलन छ । उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुईमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार हतार उठाउने गरिन्छ ।

Spread the love