नवनिर्वाचित पदाधिकारीहरुले गरे पद तथा गोपनियताको सपथ ग्रहण

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराउनुभयो । अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र राम चन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको ग्रहण गराउनुभएको थियो ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष हुनुभएको छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । गोल्छा साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बन्नुभएको थियो । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकालसहित उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र संघाइत निर्वाचित आइतबार सम्पन्न निर्वाचनबाट निर्वाचित हुनुभएको थियो ।

Spread the love