सगरमाथाको नया उचाई ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुग्यो

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयँ उचाई सार्वजनिक भएको छ । मंगलबार काठमाडौं स्थित नापी विभागमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल र चीनले एकपटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको घोषणा गर्नुभयो । नेपालको नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाई मापन गरेका थिए । यस्तै चीनले पनि छुट्टै मापन गरेको थियो । दुवै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाई मापन गरेको भएपनि फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क नापी विभागले प्रशोधन गरेपछि नयाँ उचाई पत्ता लागेको हो ।

यस अघि सन १९९४मा सर्वे आफ इन्डियाले नापेको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको थियो । तर विवाद देखिएपछि सन २०१० मा नेपाल र चीनबीच ८ हजार ८ सय ४८ मिटरलाई नै मान्यता दिने समझदारी भएको थियो । यसपटक सगरमाथाको उचाईको नापी सकिएपछि यही मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकार ितथा गरिबी निवारण मन्त्रालयाई नयाँ उचाई सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

Spread the love