कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज कार उपहार स्वरुप प्रदान

कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज कार उपहार स्वरुप प्रदान गरेको छ । परराष्ट्र मन्त्रालयको प्राड्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत मोहम्मद युसुफ विन अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई सांचो सहित मर्सिडिज कार हस्तान्तरण गरे ।
उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । सचिव पौड्यालले कार उपहार पाएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूणर् नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गरे ।

Spread the love

Comment here