पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रिठेपानी डाडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण-पूर्वमा रहेको रिठेपानी डाडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु भएको छ । विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) शुरु गरेको हो । वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोही अनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ । विमानस्थलको अनुरोधमा ६ सय वटा रुख हटाउनको लागि नम्बरिङ गर्ने काम भइसकेको छ । तर वन सम्बन्धी कार्यविधि अनुसार विामानस्थलले १ रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ ।
सोही अनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ती गरी उपलब्ध गराएपछि डाँडा कटान शुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताउनुभयो । ठुला विकासका आयोजनाका नाम वन विनासलाई नियन्त्रण नगर्दा वन मासिदै गएको वन संरक्षणकर्मी राजु आर्चायले बताउनु भएको छ । आयोजना निर्माण हुँदा एक रुख बराबर २५ विरुवा हुर्काएपछि मात्र्र वन कटान शुरु गरिनुपर्ने बताउनुभयो ।

विकासको नाममा कुनै पनि आयोजनाले एक वटा रुख विनास गरेवापत २५ वटा रुख हुर्काउनुपर्ने हुन्छ । तर विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दा समेत जग्गा प्राप्ती गरी विरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिडेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ ।

Spread the love