प्रधानमन्त्रीले गरे आफु निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसग बालुवाटारमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुस“ग बालुवाटारमा छलफल गर्नुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफु निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार प्रसार र संसद विघटनको निणर्यको पक्षमा उभिदैँ ताजा निर्वाचनमा जान नेताहरुलाई निर्देशन दिनुभएको छ । ओलीले सरकारलाई राम्रो सँग काम गर्न नदिएको, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेको देखिएपछि संसद विघटनको निणर्य गर्नुपरेको बताउनुभएको निवर्तमान सांसद निरुदेवी पालले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संसद विघटनको कारण सहित जनतासँग क्षमायाचना गर्दै मत माग्न जान पनि निर्देशन दिनुभयो । राष्ट्रियताका सवालमा सरकारले गरेका कामहरुको प्रचार गर्न निर्देशन दिँदै आलीले मत माग्नुपर्ने बताउनुभएको हो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, र स्थायी कमिटी सदस्य लेखराज भट्टले निर्देशन दिनुभएको थियो । भट्ट पूर्व माओवादी समुहका नेता हुन् । पूर्व माओवादी समुहका मन्त्रीहरुले राजीनामा दिएको भएपनि उद्योगमन्त्री रहनुभएका भट्टले राजीनामा दिनुभएको छैन । सांसद पालले प्रचण्ड माधव समुहले पौष ७ गते बोलाएको केन्द्रीय कमिटी बैठकमा ओली पक्ष नजाने र ओलीले छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने बताउनुभयो । नेकपाको अन्तरिम विधानमा अल्पमत, बहुमतको व्यवस्था नभएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न नसकिने बताउनुभयो । साथै उहाँले प्रचण्ड माधव समुहले पुष ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफुहरुको उपस्थिति नहुने स्पष्ट पार्नुभयो ।

Spread the love