देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको उर्जामन्त्री टोपबहादुर रायमाझीको भनाइ

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको हो । मन्त्री रायमाझीले सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भिरतापूर्वक लिई जिम्मेवारी पुरा गर्ने बताउनुभयो । मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पनि बताउनुभयो । देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्य सहित आफु सरकारमा उपस्थित भएको पनि मन्त्री रायमाझीले बताउनुभयो । उहाँले मन्त्रालयमा रहेर ऊर्जा क्षेत्रलाई क्रमश निर्यात हुने तर्फ अगाडी बढाउने बताउनुभयो ।

Spread the love