आई.एम.ई. लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । नियुक्ति भए सँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहने छिन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्‍याउने अवधारण बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा खुसि भएको बताइन् । आई.एम.ई. लाइफले पनि देश भरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्‍याउने बताए ।

Spread the love