कमल पोखरी पुननिर्माणमा कृतिम संरचना तथा ढुंगाको प्रयोग भएको स्थानीयको आरोप

कमल पोखरी पुननिर्माणमा कृतिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमल पोखरीको संरचना बनाउन लागेको बताएको छ । कमलपोखरीको पुननिर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ । तर काठमाडौँ महानगरपालिकाले स्थानियसँगको छलफल अनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माणकार्य अघि बढाइरहेको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भिर भएको बताएको हो ।

कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पुजा गरिदै आएको छ । छठ पुजा गर्न मण्डप निर्माण गर्ने स्थानियसँगकै सहमती अनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताउनुभयो । खाली जमिन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उहाँको भनाई छ ।

पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उहाँले बताउनुभयो । पानीलाई जमेर बस्न नदिनेगरि पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाईने उपाध्यक्ष बस्नेतले बताउनु भयो ।

ढुंगा, सिमेन्ट प्रयोगको विषय चिन्ताको विषय नभएको पनि उपाध्यक्ष बस्नेतले बताउनुभयो । करिब ७ करोडको लागतमा कमलपोखरी पुननिर्माण हुन लागेको जानकारी दिदैँ उहाले आगामी बैशाखसम्ममा सर्वसाधारणको लागि खुल्ला गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

Spread the love

Comment here