संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताउनु भएको छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा पुग्नु भएका मन्त्रि ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुसि पनि बताउनु भयो । भैरहवामा निर्माण हुनलागेको विमानस्थलको स्थलगत अवलोकन पछि पोखरा पुग्नु भएका मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताउनु भयो ।

निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधै तयार रहेको भन्दै मन्त्रि ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताउनु भयो । सरकारको ध्यान नपुगेका कारण विलम्बन भएका काम र समस्यालाई समयमा हटाउन आफुले पहल लिने पनि उहाँले बताउनुभयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलको अहिले सम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भैइसकेको छ ।


Latest posts by Business TV Nepal (see all)
- पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न ललितपुर महानगरद्धारा एक करोड आर्थिक सहयोग - January 19, 2021
- कृषि क्षेत्र विकासको निम्ति प्रशस्त गृहकार्य आवश्यक रहेको सरोकारवालाहरुको भनाइ - January 19, 2021
- खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि बजेटको व्यवस्थापन गर्छु ः खेलकुदमन्त्री - January 19, 2021
Comment here